नेपाल–चीन सीमामा आएको बाढीका कारण चीनको केरुङ क्षेत्रस्थित इमिग्रेसन तथा भन्सार भवनबाट शुक्रबार बेलुकीसम्म ३१ शव फेला परेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले ५३१ जना बेपत्ता रहेको जनाएको छ। बेपत्ता हुनेमा विदेशी नागरिक तथा तीर्थयात्रीसमेत रहेका छन्।
यसैबिच, भारतीय विदेश मन्त्रालयले शुक्रबार बेलुकीसम्म नेपालबाट १६९ जना भारतीय नागरिकको उद्धार गरिएको जनाएको छ। बाढीमा परी भारतका २७५ जना हालसम्म बेपत्ता रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृयाहरु