बुढानीलकण्ठ नगर अस्पतालको निर्देशक पदमा डा. सुधांशु झा नियुक्त भएका छन् ।

फागुन १६ गते अस्पताल निर्देशक ( नवौँ ) तहको लागी भएको अन्तरवार्ताबाट प्रारम्भिक छनौटमा रहेका तिन जना मध्य डा. झालाई निर्देशक पदमा छनौट गरिएको नगरपालिकाले आधिकारीक सूचना मार्फत जानकारी दिएको छ ।

बंगलादेशको ढाकाबाट अर्थपेडिक सर्जरीमा  स्नाकोत्तर तह उतिर्ण डा. झा यस अघि नेपाल मेडिकल कलेज टिचिङ अस्पताल र सिन्धुलि अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गर्नुभएको थियो भने सिन्धुलि अस्पताल र बज्रबाराही चापागाँउ अस्पतालमा अर्थपेडिक सर्जन भएर काम गरेको उहाँसँग अनुभव छ ।

ट्रमा शल्यक्रिया, हात शल्यक्रिया र आर्थ्रोप्लास्टी (Anthroplasty) विशेषज्ञ डा. झा ले देश भन्दा बाहिर हङकङ र बंगलादेशमा समेत चिकित्सा अभ्यास गरि सक्नुभएको छ ।