काठमाडौं, असार ३ गते । मंकिपक्स भएको आशङ्कामा अस्पताल भर्ना भएका पुरुषमा मंकिपक्स नभएको पुष्टि भएको छ ।  

मंकिपक्स जस्तो लक्षण देखिएकोले बिहीबार उहाँलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका पुरुषमा मंकिपक्स पृष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।  

गौतमका अनुसार बिहीबार र शुक्रबार अस्तालका प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट उहाँलाई मंकिपक्स नभएको पुष्टि भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले विदेशबाट आउनुभएका ती पुरुषलाई मंकिपक्सको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएकाले बिहीबार अस्पतालमा पठाइएको थियो ।