बेलायती महारानी एलिजावेथ द्वितीयाले शासन संचालन गरेको ७० वर्ष पूरा भएको छ । महारानीको ७०औं वर्षे महोत्सवका अवसरमा बकिङहम दरवारले आइतबारदेखि नै साताव्यापी कार्यक्रमको आयोजना गरिरहेको छ ।

पछिल्लो समय अस्वस्थ रहनु भएकी महारानी एलिजवेथ आज आयोजना गर्न लागिएको सेन्ट पल कथेड्रलमा भने सहभागी नहुने जनाइएको छ ।

बकिङहम दरवारले हिजो आयोजना गरेको परेड अवलोकनपछि महारानीले असहज महसुस गर्नुभएको थियो । आवश्यक यात्रा र गतिविधिलाई मध्यनजर गरी दरवारले सो निर्णय गरेको जनाएको छ ।

महारानी एलजवेथले हिजो साँझ दीप प्रज्वलन गरेर गरिने विशेष महोत्वमा भने सहभागिता जनाउनु भएको थियो । महारानी बनेको ७० पूरा भएको उपलक्ष्यमा चार दिनको उत्सव मनाउने घोषणा गरिएको छ ।

शुक्रबार नै आयोजना गरिने धन्यवाद ज्ञापन कार्यक्रममा पनि सहभागी नहुने जनाएको हो । २५ वर्षको उमेरमा सन् १९५२ मा एलिजवेथ द्वितीया तीया बेलायतकी महारानी बन्नु भएको थियो ।