काठमाडौं,माघ २ गते । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । 'आकाशमै हवाई जहाजको ढोका खुलेपछि यात्रुलाई पुनः विमानस्थलमै फर्काइएको छ ।' अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ । प्रमुख ठाकुरले भन्नुभयाे ‘ आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइएको हाे तर कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’