करिव ३ वर्षदेखि प्रवासी तथा उनका परिवारहरु बारे सर्वेक्षण तथा तथ्याङ्क संकलन गरि सो व्यक्तिहरुको दैनिक जिविका, परिवारको बालबालिकाहरुको शिक्षा देखि दैनिक आयआर्जनका बारेमा सर्वेक्षण गरि आर्थिक वृद्धि तथा स्तरोन्नोतरीका निमित्त कार्य गर्दै आइरहेको छ। साथै यस संस्थाद्वारा सो परिवारका बालबालिकाहरुको शिक्षा क्षेत्रमा समान पहुँचका लागि समेत कार्य गर्दै आइरहेको छ। यस संस्थाले हाल छजना विद्यार्थीहरुको अतिरिक्त शिक्षण शुल्क (tuition fee) प्रदान गर्दै आइरहेको छ र साथै शिक्षामा सहज पहुँच बढाउनका लागि यस संस्थाले सहयोग कार्य गर्दै आइरहेको छ।

यस संस्थाद्वारा पछिल्ला समयहरुमा विभिन्न स्थान तथा साझेदारी संस्था तथा व्यक्तिहरुको समन्वयमा विभिन्न किसिमका तालिम, कार्यशाला, स्वास्थ्य शिविर जसमा सामान्य देखि दाँत तथा जसमा महिला तथा स्त्री रोग तथा स्वास्थ्य समस्याहरुका विषयलाई प्राथमिकतामा राखि सञ्चालन गरिएका छन्। 

यस संस्थामा आवद्ध तथा सदस्यका रुपमा रहेका प्रवासी व्यक्ति तथा परिवारहरु बाहेकका व्यक्तिहरु समेत गरि विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ।  

यस संस्थामा जोडिनका लागि प्रक्रिया

संस्थाबाट संचालित सर्वेक्षण तथा तथ्याङ्क संकलन गरिएको प्रवासी तथा उहाँहरुको परिवारको जानकारीबाट सो व्यक्तिहरुका लागि आवश्यक रहेका परामर्शहरु दिइन्छ। त्यसपश्चात् सदस्यताका लागि परामर्श गरि विभिन्न किसिमका सेवा तथा उहाँहरुको आर्थिक उत्थान तथा जिविकोपार्जन देखि अन्य जिवनोपयोगी शिक्षा तथा सीपहरु प्रदान गर्दछ। मुख्यत प्रवासीहरुको परिवारहरुका लागि प्रमुख प्राथमिकतामा राख्ने भएतापनि अन्य व्यक्तिहरु समेत यस संस्थासँग जोडिएर सेवा लिन सक्ने यस संस्थाको कार्यक्रम प्रबन्धक (Program manager) अजन्ता ढुंगानाले बताउनुभएको छ।     

अँचार बनाउने तालिम (Pickle making-A start-up from home)

यस संस्थाद्वारा भर्खरै मात्र पाँचजना महिलाहरुलाई तीन दिने अँचार बनाउने तालिम प्रदान गरेको छ। कात्तिक ९ देखि ११ गतेसम्म सञ्चालित तालिम कार्यक्रममा ललितपूर महानगरपालिकाबाट अँचार बनाउने तालिम प्राप्त गर्नुभएको गिर्जा लम्सालले सहजिकरण गर्दै आउनुभएको हो। विभिन्न स्थानहरुमा आफूले सिकेका शिपहरुलाई अन्य महिला तथा इच्छुक व्यक्तिहरुलाई सिकाउँदै तथा आफुले सिकेका कुराहरुलाई अन्य माझ पुर्याउने कार्य गर्दै आउनुभएको लम्साल बताउनुहुन्छ।   

सो सहभागीहरुलाई तालिम प्राप्त गरेको प्रमाणपत्र समेत वितरण गरिएको छ। यस तालिममा सहभागी महिलाहरुमध्यको अस्मिता तामाङ्गले यसै संस्थाबाट प्रदान गरिएका अन्य तालिमहरुमा सहभागी हुनुभएको र उक्त कार्यक्रमहरुले आफ्नो दैनिक जिवन तथा अन्य क्रियाकलापहरुको व्यवस्थापनमा महत्वपूर्ण भुमिका राखेको बताउनुभएको छ।  

  

यस तालिम कार्यक्रममा पाँचजना महिलाहरु सहभागी रहनुभएको थियो। यस कार्यक्रम अघि घरमै पनि अँचारहरु बनाउने तरिका थाहा भएता पनि व्यवसायिक रुपमा यसै‍लाई नै पेशाका रुपमा अघि बढ्न प्रोत्साहन मिलेको तालिम प्राप्त गरेको छन्ता महर्जनले बताउनुभएको छ। साथै यस किसिमका कार्यक्रमले आफ्नो समयको उचित व्यवस्थापनका साथै सीपहरुको उपयोग गरि आयआर्जन तर्फ लाग्न सकिने हो भने निकै फलदायोक रहने सहभागी मध्ये महर्जन बताउनुभयो। 

यस तीन दिने दिवसीय तालिम कार्यक्रमको अन्तिम दिनमा कार्यक्रम प्रबन्धक अजन्ता ढुंगानाद्वारा खाद्य सामाग्रीहरुको मुल्य निर्धारणका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको। जसमा कुनै पनि किसिमका खाद्य सामाग्रीहरुको बजारमा बेच्न तथा त्यसको मुल्याङ्कनको विधि कसरी गरिन्छ र सरकारी प्रावधानहरुका विषयमा समेत जानकारी प्रदान गर्नुभएको थियो।

वैदेशिक रोजगार लोक कल्याणकारी कोष स्थापना

यस कोषको स्थापना एक गैर सरकारी संस्थाका रुपमा २०७४ जेष्ठ २९ गते वैदेशिक रोजगारीको अपेक्षामा गएका व्यक्ति तथा सो व्यक्तिको परिवारहरु विशेषत सिमान्तक्रित परिवारहरुको लागि विभिन्न किसिमका कार्यहरु मार्फत सहजीकरणका लागि भएको थियो। तिनै कामदारका साथसाथै तिनका परिवारहरुको समग्र विकासका लागि विभिन्न किसिमका कार्यक्रमहरु, जनचेतनाका कार्यहरु, स्वास्थ्य क्षेत्र, तथा अन्य अनुसन्धानका कार्यहरु यस संस्थाद्वारा कार्य गर्दै आइरहेको छ।

यस संस्था/कोषको प्रमुख उद्देश्य प्रवासी कामदारहरुको कुनै पनि एक परिवारहरुलाई सदस्यता बन्नका लागि प्रत्साहन गरि तिनका आधारभूत आवश्यकता तथा मेलिक हकको सुनिश्चित गर्नु हो। साथै विभिन्न राष्ट्रिय, अन्तर्रष्ट्रिय संघ-संस्था र प्रवासी समुदायहरुबिच साझेदारी तथा समन्वयमा ति समुदाय तथा व्यक्तिहरुको विकासका लागि कार्य गर्नु हो।