१९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मङ्गलबार जितका लागि दुई सय तीन (२०३) रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रनमा समेटियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले र्वाधिक ३२ रन बनाउनुभयो । उहाँले १५ बलमा चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यस्तै कुशल मल्ल र सन्दीप जोराले समान २९/२९, ओपनर कुशल भुर्तेलले २८, करण केसीले अविजित १८, आशिफ शेखले १० र रोहित पौडेलले तीन रन बनाउनुभयो । यस्तै सोमपाल कामी सात र गुलशन झा ६ रनमा आउट हुनुभयो । सन्दीप लामिछाने लामिछाने पाँच रन जोड्दै पेभेलियन फर्किनुभयो ।
बलिङमा भारतका रवि विस्नोई र आवेश खानले तीन तीन विकेट लिनुभयो । अर्शदीप सिंहले दुई तथा सई किशोरल एक विकेट लिनुभयो ।
यसअघि टस टिजेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय दुई (२०२) रन बनाएको थियो ।
भारतका लागि यशस्वी जैसवालले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४९ बलमा आठ चौका र सात छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । रिन्कु सिंहले अविजित ३७, कप्तान रुतुराज गायकवाडले २५ र शविम् दुवेले अविजित २५ रन बनाउनुभयो ।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिनुभयो । सोमपाल कामी, सन्दीप लामिछाने एक एक विकेट लिनुभयो ।नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।
प्रतिकृयाहरु