बूढानीलकण्ठ नगरपालिका सामाजीक र सांस्कृतिकतथा पर्यटन र वातावरणीय एंवयहाँको विभिन्नभाषाभाषीविभिन्नप्राकृतिकपौराणिक देवालय, शिलालयतथाप्राकृतिक सौन्दर्यले यो नगरपालीकाआर्थिक रुपमा समेत सम्पन्न रहेको छ । यतिहुँदाहुँदै समेत बूढानीलकण्ठ नारायणको परिसरलाई राम्रो दृष्टिकोणले हेरेको पाइदैन । उल्टै हेयको दृष्टिकोणले लिने गरेको पाइन्छ । आजभन्दाचालिस वर्ष अगाडी बूढानीलकण्ठमा कात्र्तिक महिनामालाग्ने मेलामादर्शन गर्ने दर्शनार्थी यहाँको स्वच्छ वातावरणको कारण महिनादिनसम्म मेलापर्ज लाग्ने र देशको विभिन्न स्थानबाट तिर्थयात्री र बनभोज खाने उदेश्यले आएको देख्न पाईन्थो । त्यो समयको खुल्ला फाँट जसमाथीशिवपुरीको जंगलहेर्दै आउने प्राकृतिकखोल्साखोल्सीमाकलकलबग्ने कञ्चनपानी देख्दा को प्रभावितनहोला ।
यस्तै बूढानीलकण्ठ परिसरबाट उत्तर तर्फको शिवपुरीको दृष्यअबलोकन गर्न पाइने र सो शिवपुरीकै काखमाखुल्लाआकाशमुनीजलाशय शेषनागको शैया माथि बिराजमान यो विशालजलशायी नारायण मुस्कुराई रहेको दृष्य देख्न पाउँदा क्षणिकका लागी जो कोहीपनिभावुकनबन्ला र, त्यस्तै सोही परिसरमा पौराणिक ढाँचामा निर्माण भौतिक संरचनाले र विभिन्न ढाँचामा निर्माण काष्ठकलाद्धारा सजिएकाले श्री नारायण परिसर प्रति र एक अर्का प्रति परिपुरक रुपमालक्षित गरी निर्माण गरिएको आभाषपाइन्थो ।
विभिन्न ठाँउबाट आउने र देश बिदेशबाट आउने तिर्थयात्री पर्यटकले ऐतिहासिक परिसरको मनोमानी ढंगले भौतिकनिर्माण गर्ने र सो परिसरको नाजुकअवस्था देख्दाकतै मन्दिरको गेट नगरको सेठ साधुको पेट भन्ने जस्तो भएको त छैनभन्ने गरेको पाइन्छ ।
बूढानीलकण्ठमा कात्तिकमहिनाको द्धादसीको दिनमा बूढानीलकण्ठमा चंगा उडाउने प्रथाभएको हुँदा द्धादसीको दिनमा बूढानीलकण्ठमा काठमाण्डौ, भक्तपुर, ललितपुर तिनै शहरबाट बिशालचंगा पे्रमी सहभागीभएको देख्न पाइन्थो । सो दिनदेखीचंगा उडाउन नपाइने र बिर्सजन भएको मानिन्थो । सो चंगा उडाउने प्रथाको बारेमा जापानको एक लाइबेरीमा समेत उल्लेख भएको पाइन्छ । साथै चंगा उडाए पछि नेपालमाधानवालीपाक्यो भन्ने छिमेकी राष्ट चीनमा समेत सन्देश पुग्ने भन्ने किम्वदन्ति रहेको पाइन्छ ।
बूढानीलकण्ठ वरीपरी बसोबास गर्दै आएकाबासिन्दाको पिडा अन्य समाजलाई के थाहा, २०४३ सालमा बूढानीलकण्ठ जलशायी नारायणको परिसर मर्मत संभार सुधारको नाउमात्तकालिनअंचलाधिस कार्यालयबाट ३५ दिने सूचनाप्रकाशितभई बूढानीलकण्ठमा ४८ रोपनी ११ आना २ पैसा ३ दाम जग्गाको गोरखापत्रमाप्रकाशितभएको र त्यस समयमाएकाधिकार प्रयोग गरी सर्वसाधारणलाई मुअब्जालिनबाध्यपारिएको र त्यसमा १२ घर ७ रोपनीजग्गाको बलजफतमुअब्जादिएको र त्यस समयमामुअब्जानलिएका सर्व साधारण जनताको घर घडेरी र जग्गाको विषयमा पटक पटकनचाइदो हल्ला गर्नेको जमर्को बढ्दै गएको छ । आजसम्मकुनै पनि स्थानीयले क्षतिपुर्ति लिएको जग्गामाभौतिक संरचनानिर्माण गरिएको छैन र पाइदैन । बिडम्बना यदिक्षतिपुर्ति पाएको भए सो जमिनको राजस्व, जग्गापास गर्दा स्थानिय सरकारले खरिद बिक्रीको राजस्व समेत असुलीगर्दै आएको छ ।
विडम्बना त्यतीकै छ २०५३ सालमा नेपाल सरकार द्धारा गठन भएको बूढानीलकण्ठ विकास समितिले समेत सो संस्थाको कर्म र मर्म प्रतिध्याननदिएको र केहि सकारात्मकउचितकार्यन्वयननभएको समेत होइन ।
२०५९।९।१३ मा भएको सकारात्मककार्ययोजना त्यस समयमा सरकार पटक पटक परिबर्तन भै रहँदा सो समयमाभएको निर्णय छाँयामा पर्दै गएकोले बूढानीलकण्ठ मन्दिर व्यबस्थापन २०६४ गठनाआदेश लागु गरियो । सो परिसरलाई केही गर्ने हो भने र इच्छा शक्तिभएमा सकारात्मककार्य गर्न सकिदोरहेछ  भन्ने पाइयो । श्रीको जायजेथा र द्रव्यभेटीलाई साझा एजेण्डाद्धारा एक द्धार प्रणाली र साझा योजना द्धारा म गर्छु भन्नु भन्दाहामी सो परिसरको विकास गर्छौ भन्ने कृतज्ञता जाहेर गर्ने  हो भने सो परिसरलाई परम्पराकै शैलीमाल्याउन सकिने प्रबल सम्भावना देखिन्छ ।
बढ्दो शहरीकरण बस्तिविकासका कारण जिउदाँ परम्परा छाँयामा पर्दै गएको छ । स्थानीयखोल्साखोल्सी र सिचाँइकुलो जस्तो  महत्वपुर्ण स्थानमासिने क्रम बढ्दो छ । बस्तिविकासका कारण सार्वजनिकजमिन अतिक्रमण भैरहदा र जन गुनासो  आइरहदा समेत जिम्मेवारी निकाय र राजनितिक दल समाजसेवी बुद्धिजिवि लगायतले ध्यानदिएको पाइदैन ।चाहे त्यो बूढानीलकण्ठको विषयहोस् या सामाजीक सरोकारको विषयमाचाहे त्यो निम्नवर्ग होस चाहे उच्चवर्ग होस जो कसैले चिन्तनमनन गर्नु स्वभाविकनै मानिन्छ । विगतमाफूल रोपे भनेर हर्ष उल्लास मनाउने हामीहरुले आजत्यसलाई विष देख्नु मुर्खताहो ।

प्रस्तोता
दामोदर उपाध्याय (निलकण्ठ)