बुढानीलकण्ठ नगरपालिका र वडा न १ को समन्वयमा वडामा रहेका महिलाहरुका लागि पाठेघरको मुखमा हुने क्यान्सर रोगको निः शुल्क परीक्षण शिविर सञ्चालन हुन लागेको छ ।

शिविर यहि फागुन ४ गते (बिहिबार) तौलुङ, चौतारा मा र फागुन ५ (शुक्रबार) गते श्री भद्रकाली आधारभूत विद्यालयमा हुने भएको छ। 

शिविर बिहान १० बजे देखि बेलुका ३ बजे सम्म सञ्चालन हुनेछ ।

मिति २०७९/११/४ गते, तौलुङ चौतारा

मिति २०७९/११/५ गते, श्री जय भद्रकाली आधारभूत बिद्यालय

समय १०.०० बजे देखी ३.०० बजे सम्म

स्वास्थ्य परिक्षण सम्बन्धि जानकारी कसले जाच गराउने ?

२५ देखी ६० बर्ष उमेरका महिला सबैले नियमित अन्तरालमा पाठेघरको क्यान्सरको जाँच गराँउनु पर्दछ ।

सेवाहरुः

  • भि.आई.ए परिक्षण द्वारा पाठेघरको मुखमा हुने क्यान्सर रोगको जाच,
  • भि आई ए परिक्षण पोजेटिभ देखिएमा तुरुन्तै निःशुल्क उपचार गरिन्छ,
  • यदि अरु शंकास्पद अवस्थामा आएमा, अस्पतालमा रिफर गरिने छ र Biopsy वा PAP smear जस्ता परीक्षण
    नि:शुल्क गरिने छ ।
  • भि आई ए परिक्षण पोजेटिभ देखिएमा स्त्री रोग विशेषज्ञ द्वारा परामर्श गरिने छ ।

जाँच गर्नका लागी नाम टिपाउनु पर्नेछ र थप जानकारीका लागि सम्पर्क नं  9808710333 बाट प्राप्त गर्न सकिने छ ।

पाठेघरको मुखको परिक्षण गर्न तयारी हुनु पर्ने अबस्थाहरु:

  • भि आई ए परिक्षण गर्दा तपाईलाई महिनावारी भएको दिन हुनुहुदैन महिनावारीको रगत रोकिए पछि मात्र गर्नु पर्दछ
  • भि आई ए परिक्षणको लागी जानलाग्नु भएको छ भने भित्रि यौनअङ्ग पखाल्नु हुदै
  • भि आई ए परिक्षणको लागी जानु भन्दा एक दिन अगाडी देखि यौन सम्पर्क राख्नु हुदैन
  • भि आई ए परिक्षणको लागी जानुभन्दा पहिला यौन अङ्गमा कुनै प्रकारको क्रिम जेल प्रयोग गर्नु हुदैन
  • गर्भवति भएका महिलाले भि आई ए परिक्षणको लागी डाक्टरसंग सल्लाह गरेर मात्र गर्नुपर्दछ यदि हालै पाठेघरको क्यान्सरको जाँच गरिएको छ भने, परीक्षण गर्नु पर्ने आवश्यक छैन।
  • भि आई ए परिक्षण जाच ३ वर्ष पछि पुन दोहोर्याउनु पर्ने हुन्छ