रुपनि वडा नम्बर–२ लौवापारकी २० वर्षीया मन्जुला सदा झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ । शुक्रवार बेलुकी आफ्नै काका ससुराको घरमा झुण्डिएको अवस्थामा सदा फेला पर्नुभएको प्रहरीले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान गरिरहेको जनाएको छ । आफन्तले शनिबार बिहान दिएको उजुरी बमोजिम शवको पोष्टमार्टमका लागि धरान पठाइएको छ ।

त्यस्तै, मृतक सदाको सासूसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न भनिएका मृतकका ससुरा रामकण्ठ सदा भने फरार रहेका छन् ।

पछिल्लो समयमा झुन्डिएर आत्महत्या गर्ने क्रम बढेको छ । रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादवले घटनामा संलग्न जोकोहीलाई पोष्टमार्टमको रिपोट अनुसार दोषी पत्ता लगाई कानुनी कारबाही अघि बढाउने जानकारी दिनुभयो ।