ठूला व्यापारी मुलुकलाई विकसित मुलुकको परिधिमा सहज रूपमा राख्नुहुँदैन किनभने विकास भनेको अर्थतन्त्र, समाज, वातावरण लगायतका विविध क्षेत्रसँग सम्बन्धित बहुआयामिक विचार हो। चीन मझौला स्तरको आम्दानी भएको विकासोन्मुख मुलुक हो। उक्त कुरा संयुक्त राष्ट्र संघ व्यापार तथा विकास सम्मेलन विश्वव्यापीकरण तथा विकास रणनीति विभागका प्रमुख रिचार्ड मोजुल राइटले अगष्ट २ तारिख सीआरआईसँगको विशेष अन्तर्वार्तामा भन्नुभएको हो।


हालै अमेरिकी सरकारले विश्व व्यापार संगठनमा चीनको विकासोन्मुख मुलुकको हैसियतप्रति शंका उठाएको छ। यसबारे चर्चा गर्दै रिचार्ड मोजुल राइटले व्यापार तथा विकास सम्मेलनले चालु वर्षको जुन महिनामा सार्वजनिक गरेको ‘विकासबाट वर्गीकरणसम्मः विश्वमा परिवर्तन’ प्रतिवेदन अनुसार, चीन मझौला स्तरको आम्दानी भएको विकासोन्मुख मुलुक हो भन्ने प्रकाश पार्नुभएको छ। 
उहाँले अगाडि भन्नुभयोः हाल बहुपक्षवादका सामु चुनौती देखा परेको छ। व्यापार लगायत जलवायु परिवर्तन र आप्रवासी क्षेत्रमा पर्ने चुनौतीलाई हटाउनको लागि विभिन्न मुलुकले छलफल गर्नुपर्छ। अमेरिकाले विकासोन्मुख मुलुकको हैसियतको जथाभावी परिभाषित गर्न खोजेबाट बहुपक्षीय प्रणालीप्रति मानिसहरूको विश्वासमा थप क्षति पुग्नेछ।