बुढानिलकण्ठ, काठमाडौ – प्रहरी प्रभाग बुढानिलकण्ठ,सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको संयुक्त आयोजना र गोलीमाण्डु नेपाल ,अटो मेकानिक ट्रेड यूनियन बुढानिलकण्ठको सहकार्यमा आज बिहान बुढानिलकण्ठ मन्दिर परिसरमा जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख उद्देश्य समाजमा स्वच्छता र वातावरणीय सचेतना फैलाउनु रहेको बताएको छ । यस अवसरमा सहजकर्ताको तर्फबाट सरोज श्रेष्ठले नेपाल प्रहरीको योगदानको प्रशंसा गर्दै भने, “जन्मदिने आमाबुबा र घरपरिवार छोडेर हरपल समाजका लागि खटिने नेपाल प्रहरीलाई उच्च सम्मानका साथ धन्यवाद व्यक्त गर्दै हाम्रो स्वच्छता अभियानलाई साथ र सहयोगका निम्ति हार्दिक आभार व्यक्त गर्दछु।” कार्यक्रममा स्थानिय नागरिक, प्रहरी,गोलीमाण्डु नेपाल र अटो मेकानिक ट्रेड यूनियनका सदस्यहरूले सामूहिक रूपमा सरसफाई गतिविधिमा भाग लिएका थिए।