रौतहट जिल्ला अदालतले पूर्वमन्त्री मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ । 

रौतहट जिल्ला अदालतका एक नम्वर इजलाशका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री आफताव आलम निजका भाइ महताव आलमसहित ११ जनाविरुद्ध २०७६ कात्तिक १८ गते दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जन्मकैदको सजाय सुनाएको हो ।

गत सोमवारदेखि चल्दैआएको बहस बादी पक्षबाट तीन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जनाले बहस गरेका थिए । बहस सकेपछि आफताव आलम, निजका भाइ महताव आलम, मुक्ति साह र शेख सेराजलाई जन्म कैद र बद्री सहनीलाई सफाइ दिइएको तथा फरार रहेका ६ जनालाई मुल्तवीमा राखिएको सजाय सुनाइएको रौतहट जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनुभयो ।