बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा पाठेघरको मुखना हुने क्यान्सर रोगको निःशुल्क परिक्षण आजबाट शुरु भएको छ । 

बु.न.पा २ ले सञ्चालन गर्न लागेको निःशुल्क स्वास्थ्य शिविर आज माघ ९ गते देखि ११ गतेसमम सञ्चालन हुनेछ । स्वास्थ्य जाँच गराउनका लागि समय बिहान १० बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ भने स्थान चपली भद्रकाली स्वास्थ्य चौकी तोकिएको वडा मार्फात जानकारी प्राप्त भएको छ ।

उक्त शिविरमा प्रदान गरिने सेवाहरुः

१. भि.आई.ए परिक्षणबाट पाठेघरको मुखमा हुने क्यान्सर रोगको जाँच, 

२. भि.आई.ए. परिक्षण पोजेटिभ देखिएका तुरुन्तै निःशुल्क उपचार

३. अरु शंकास्पद अवस्थामा अस्पताल रिफर साथै Biopsy वा PAP smear जस्ता परिक्षण निःशुल्क गरिने, 

४. भि.आई.ए. परिक्षण पिजेटिभ देखिएमा स्त्री रोग विशेषज्ञबाट परामर्ष गरिने

उक्त जाँचका लागि आफ्नो नाम टिपाउनुपर्ने हुन्छ । नाम टिपानका लागि सम्पर्क नं ९८०८७१०३३३ मा सम्पर्क गर्न सक्नुहुनेछ । स्वास्थ्य परिक्षणका लागि विवाह भइसकेका वा ३० वर्ष पूरा भइसकेका महिलाहरुले नाम टिपाएर जाँच गराउन सकिनेछ ।

 पाठेघरको मुखमा हुने क्यान्सर हो जसमा प्रायजसो कुनै प्रकारको पिडाको अनुभव हुँदैन जसका कारण अन्तिम अवस्थामा गएर दुखाईको अनुभव हुन्छ र मृत्युको मुखमा समेत पुर्याउँदछ ।  

विशेष गरि विवाह भइसकेका तथा ३० वर्ष पूरा भइसकेका महिला सबैले नियमित पाठघरको क्यान्सरको जाँच गराउनु पर्दछ ।