प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज (मङ्गलबार) रिट दर्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको केही समयअघिको अभिव्यक्तिका विषयलाई लिएर सो रिट दर्ता भएको जनाइएको छ । 

अदालतले उक्त रिट निवेदनमाथि यही बिहीबारका लागि पेसी तोकेको छ । रासस