बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थिति जन जागृति मा.वि जगडोलले ‘स्थानीय समुदायमा विश्वास अभिवृद्धि’ कार्यक्रम अन्तर्गत विद्यालय टिम, स्थानीय समुदाय, भुतपुर्व विद्यार्थि तथा शिक्षकहरु, नगर शिक्षा महाशाखा र उप-प्रमुखको उपश्थितमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

राज्यको लगानी भएर पनि सामुदायिक विद्यालय स्थानीय अभिभावकको रोजाई बन्न नसकिरहेको पृष्ठभुमिमा सबै पक्ष समेटिएको छलफल कार्यक्रम सकारात्मक बन्न पुगेको छ। कार्यक्रमको सुरुमा नै विषय प्रवेश र विद्यालयको परिचय दिँदै प्र.अ राजाराम के.सी सरले स्वागत गर्नु भएको थियो।

कार्यक्रम आयोजना गरेकोमा विद्यालय टिमलाई धन्यवाद दिँदै शिक्षा महाशाखा प्रमुख ललित सिंह ले निकै राम्रो छलफल भएको र यसले एउटा बहसलाई सुरु गराएको बताउनु भएको छ। कार्यक्रममा मन्तव्य राख्ने क्रममा उप-प्रमुख अनिता लामाले नगरपालिकाले यस पल्ट बाट सार्वजनिक शिक्षा सुधारको लागि भनेर स्थानीय तहले दिने बजेटमा गत वर्ष भन्दा ५ गुणा बढाएको बताउनु भएको छ। ‘हामी गम्भिर भएर सार्वजनिक शिक्षा सुधारको लागि लागिपरेका छौँ। तपाँईहरु आफ्ना आवश्यकता के हो भन्नुस हामी सहयोग गर्न तयार छौँ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम राजा गौतमले समुदायको चासो विद्यालमा बढोस भनेर कार्यक्रम आयोजना गरिएको बताउनु भयो। सबै पक्षबाट निकै राम्रो विषयहरुको उठान भएकोले यस छलफलले विद्यालयलाई अगाडी बढाउन मद्दत गर्ने बताउनु भएको छ। आगामी दिनमा समुदाय सँग जोडिने यस्ता कार्यक्रमलाई अझै प्रभावकारी बनाउने लक्ष्य रहेको उहाँले बिएसजी न्युज लाई जानकारी दिनुभएको छ। 

कार्यक्रममा विभिन्न स्थानीय संघ संस्थाका प्रतिनिधीले पनि विद्यालय सुधारको लागी आफ्नो भनाईहरु राखेका थिए।