काठमाडौँ — भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी नीजी भ्रमणमा काठमाडौँमा छन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा गएका थिए । यहाँ गएको भिडियोले नेपालका साथै भारतमा पनि चर्चा बटुलेको छ । यो भिडियो सेयर गर्दै भाजपाले कांग्रेस र राहुल गान्धीमाथि हमला गरेका छन् । भाजपा प्रवक्ता शहजाद पूनावालाले भने, ‘राहुल गान्धीले के गरिरहेका छन्, यो उनको नीजि मामिला हो ।

तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ । यसमाथि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्लबमा पार्टी गरिरहेको देखिएका छन् । जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो । पूनावालाले थपे, ‘कांग्रेस पार्टी ध्वस्त भइसकेको छ तर राहुल गान्धीको पार्टी यसरी नै चलिरहनेछ । उनी राजनीतिमा गम्भीर छैनन् । जब उनको पार्टी र देशका जनतालाई उनको आवश्यकता छ, उनी नेपालमा पार्टी गरिरहेका छन् ।