मलेसियामा पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घण्टा यता कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।

यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यता यहाँ ६ हजार ६९ जना सङ्क्रमित भएको पाइएको छ ।

यहाँ अहिलेसम्ममा ४४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने ३५हजार जनाभन्दा बढीको कोभिडका कारण ज्यान गएको छ । यहाँ कोभिड सङ्क्रमण  बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डको पालनामा पनि कडाइ गरेका बताइएको छ ।