बारा जिल्लाको फेटा गाउँपालिका बटाला टोलमा एकै घरमा पाँच जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा ४० वर्षीय जोगा मुखिया, जोगाका भाई ३० वर्षिय महिन्दर मुखिया र जोगाका श्रीमती २९ वर्षिया लालमति देवी र छोरी १२ वर्षिय सुमनी कुमारी र एक जना नाम नखुलेका जोगामा ससुरा भारतीय नागरिकको मृत्यु भएको छ । 
मृत्युको कारण बारे स्पष्ट नभए पनि घरलु मदिरा बनाउने सिमेन्टबाट बनेको भूमिगत ट्याङकी भित्र पाँचै जना मृत अबस्थामा फेला परेका थिए । साथै सो घरमा हुक गरी विजुली चोरी गरेको तार पनि भएकाले करेन्ट लागेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । सो घरमा घरेलु मदिरा राख्ने दुईवटा ट्याङ्की रहेका र त्यस मध्ये एउटा र ट्याङकी खाली रहेको र अर्कोमा भने मदिरा रहेको थियो । मृतक पाँचै जना खाली ट्याङकीमा फेला परेका थिए ।
बारका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र गाउँ पालिका प्रमुख ममिरीप्रसाद साहले घट्नो पुष्टि गर्नुभयो 
सो घटनाको अनुसन्धान गर्न बारका एसपी विकास राज खनाल सहितका सुरक्षा टोली घट्नस्थलमा पुगेका छन् । घटना राती करीक ८.०० बजे तिर भएको बताइएको छ ।साभार गोरखापत्र