स्थानिय तह निर्वाचन २०७९ को तयारी तथा तामझाम प्रत्येक वडा तथा नगरमा तिब्र रुपमा भइरहेको छ। 

सोहि चुनावी तामझाम बूढानीलकण्ठ नगरपालिकामा समेत देखिएको छ।

बू.न.पा वडा नं १ मा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट उम्मेद्वारी दिएका वडा अध्यक्ष, सदस्यहरु लगायतको वडा परिक्रमा तथा घरदैलो कार्यक्रम सञ्चालन भइरहेको अवस्था छ।

स्थानिय निर्वाचन २०७४ बाट जित हासिल गरि पाँच वर्षको सफल कार्यकाल पश्चात् पुनः वडाध्यक्ष पदका लागि सुरेन्द्र लामा, वडा महिला सदस्यमा चण्डिका रैला र खुल्ला सदस्यमा नविन श्रेष्ठले आफ्नो उम्मेद्वारी दिएका हुन् साथै नयाँ उम्मेद्वारीमा दलित महिला सदस्यमा शर्मिला नेपाली र खुल्ला सदस्यमा बुद्धिमान लामा रहेका छन् । 

तस्वीरमा नेकपा एमाले बू.न.पा वडा नं १ को घरदैलो कार्यक्रमः