नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। 

तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार उक्त जनसंख्या देखिएको हो। 

यसअघि २०६८ मा गरिएको गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।    

यस्तै हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८(६.९ प्रतिशत), पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८ (४०.२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८(५३.६६ प्रतिशत) रहेको छ।

गत कात्तिक २५ गतेबाट यसवर्षको जनगणना सुरु भएको थियो। १५ दिनसम्म चलेको जनगणनामा ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरुले जनसंख्या संकलन कार्य गरेका थिए।