काठमाण्डौं, आश्विन २२ गते । सधैं राजनीतिक प्रदर्शन हुने माइतीघर मण्डलामा शुक्रबार बेग्लै खाले धर्ना थियो । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा न्याय खोज्न नेपालगन्जबाट २० दिन हिँडेर काठमाण्डौं आएका ११ महिला सहितको १४ जनाको टोलीको यो धर्ना अघिपछिको भन्दा बेग्दै थियो ।
यी दुई घटनाको सही छानाविन नभएको गुनासो सिंहदरबारलाई सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाण्डौं आइपुग्नु भएको हो ।
उहाँहरू बिहान ११ बजेतिर माइतीघर मण्डलामा आइपुग्नु भएको थियो । लामो यात्रापछि खुट्टाभरी फोका र थाकेका अनुहार लिएर माइतीघर मण्डला छेउमा ब्यानर बोकेर उभिनु भएको थियो ।
प्रतिकृयाहरु