डाक्टरहरु माथी कुटपीट भएको आरोपमा महाराजगंज वृतका डीएसपी उमेश लम्साललाइ महानगर प्रहरी कार्यालएमा तानीएको छ भन्ने खबर अनलाइनहरुमा पढ्न पाएँ  ।यदी यो सत्य हो भने दुखद छ ।

हाल प्रहरी, स्वास्थकर्मी , प्रेस कोरोना विरुद्धको लडाइमा फ्रन्ट लाइनमा काम गरी रहनु भएको छ।यी तीन वटै संस्थाहरुको कामको आआफ्नो सीमा छ ।सडकमा सरकारको नीती अनुरुप लकडाउनमा कसैलाइ निस्कन नदीन प्रहरी दीन रात नभनी अहोरात्र जनताका सुरक्षाको निमित्त काम गरी रहेको छ। 
यसै गरी स्वास्थकर्मीहरु अस्पताल भित्र र रोगी संग संबन्धीत काम गरी रहनु भएको छ।दुबै फ्रन्ट लाइनमा भए पनी काम कर्तब्य अलग अलग छन्।

गत राती ३ ब्यक्ती सडकमा  देखीनु भयो प्रहरीले सरकारको निती  अनुरुप वहाँहरुलाई घर फर्काउन तदरुपता देखायो जुन जरुरी पनि  थियो ।

जहाँ  सम्म वहाँहरु डाक्टर हुनु हुन्छ भन्ने कुरा छ जसरी , प्रहरीले डाक्टर साबको कामको कदर गरी अस्पताल भित्र  हस्तक्षेप गर्दैन त्यसै ,गरी स्वास्थकर्मीहरुले पनि प्रहरीको ड्युटी र बाध्यता बुझी बाहीर निस्कनु  हुन्थेन।

जहाँ सम्म स्वास्थकर्मीले परिचय  दिँदा पनि मर्यादा नगरीएको भनीएको छ यस्मा,दुबै पक्षबाट केही कमी कमजोरी  र मिस अन्डरस्ट्याण्डिङ  भएको देखीन्छ ।तर ,यो बिषय  कोरोना संगको लडाँईको अगाडी हाल महत्वहीन छ  ,अथवा  धेरै महत्व दिनु  पर्ने देखीदैन।प्रहरी र स्वास्थकर्मीहरुले महत्व दिनु  पर्ने  स्थान र क्षेत्र अहिले अन्यत्र छ ।देश अहिले कोरोना संक्रमणको रोकथामको लडाँईमा छ र यो यथार्थ हो ।  

मेरो बिचारमा  प्रहरी तथा शिक्षण अस्पतालका सीनीएरहरु बसी यस बिषयलाई बिवादको चुलीमा नपुर्याइ शिघ्र रुपमा टुडंग्याउनु पर्दछ र  दुबै संस्था संयुक्त रुपमा कोरोना बीरुद्धको मीसनमा लाग्नु पर्दछ।थोरै कमी कमजोरी भएका छन् भने सरी भन्न पनी दुबै पक्षले कंजुस्याई  गर्नु हुदैन र भविष्यमा यस्तो दुर्घटना हुन नदीन आपसी समझदारी बनाउनु पर्ने अहिलेको आवश्यक्ता हो  ।

जहाँ सम्म डीएसपी उमेश लम्साललाइ यही कारणले मेट्रोमा तानीएको भन्ने खबर आएको छ यदी यो सत्य हो भने त्यो एक्सनले संपुर्ण प्रहरीको मनोबल गीराउन सक्छ ।अहीले सरकारको नीती नै छ की लक डाउनलाइ कडाइका साथ पालना गराउने ।कडाइका साथ पालना गराउने सरकारको मेसीनरी प्रहरी नै हुन् ।प्रहरी नै कडाइ गर्न हीचकीचाउन थाले भने लक डाउन कसरी लागु हुनेछ? लकडाउन कसरी सफल हुन्छ ? जबकी केही दिन पछी यो कार्य अरु जटील हुँदै जाने देखिन्छ ।  

यस बिषम परीस्थितिमा प्रहरी रहरले र करले लकडाउन प्रभावकारी बनाउन लागेको हैन , प्रहरीमा कर्तव्यबोधको भार छ , जनताको सुरक्षाको जिम्मेवारी बोकेको छ ।देश्को एउटा महत्वपुर्ण अंग भएका कारण आफ्नो जिम्मेवारी कर्तव्यनिष्ट भैइ पालना गरी रहेको छ ।यो समबन्धित निकाय ,जनता ,मिडिया, र चिकित्सक मित्रहरुले पनि बुझिदिनु पर्ने बिषय हो ।    

म प्रहरी नेतृत्व संग अनुरोध गर्दछु की डीएसपी लम्साललाइ महाराजगंज  वृतबाट हटाउने वा उनको मनोबल गिराउने काम नगरीयोस् बरु चिकित्सकहरु सँग समन्व्य गरी दुबै संस्थाले अझ प्रभावकारी  काम गर्ने बाताबरण निर्माण गरीयोस् ।अहिलेको लडाँई कोरोना ( कोविड १९) भाइरस विरुद्धको हो , एक आपसमा आरोप प्रत्यारोप लगाउँदै समय खर्चिने अवस्था छैन । 

-लेखकको विचारमा आधारित