वरिष्ठ लघुकथाकार खेमराज पोखरेलको संयोजकत्वमा २४ लघुकथासङ्ग्रह र लघुकथाका समालोचनात्मक एउटा पुस्तक समेत गरी २५ वटा पुस्तकहरुको लोकार्पण हुने क्रममा एक भव्य कार्यक्रम आयोजना गरी साहित्यकार गंगा खड्काको लघुकथासङ्ग्रह ‘ झङ्कार ’ लोकार्पण भएको छ । ५८ लघुकथाहरु सङ्ग्रहित भएका सो लघुकथासङ्ग्रहमा ७६ पेजहरु रहेका छन् । राजेन्द्र तारकिणीले आकर्षक आवरण चित्र तयार पार्नुभएको उक्त सङ्ग्रहका प्रकाशक श्याम कुमार खड्का हुनुहुन्छ भने लेआउट केदार आचार्यद्वारा तयार भएको छ ।
पुस्तक लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र विशिष्ट अतिथिहरू साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्तको पनि गरिमामय उपस्थिति थियो ।
सिलौटो रेस्टुरेन्ट, अनाममनगर, काठमाडौंमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरु लेकाली र पन्तले अमूल्य सल्लाह सुझावका साथ आआफ्नो मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष खेमराज पोखरेलले महत्त्वपूर्ण भनाइ राख्ने सन्दर्भमा लघुकथाको मूल फुटेकोमा अपार खुसी व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण वरिष्ठ साहित्यकार ममता मृदुलले गर्नुभएको थियो ।
प्रतिकृयाहरु