बूढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव भव्यरुपमा समापन भएको छ ।

नगरपालिका द्वारा आयोजित महोत्सवको आज दोस्रो दिन सांस्कृतिक झाँकि प्रदर्शनी, सम्मान कार्यक्रम तथा सत्रहरु संचालन भए सँगै समापन भएको थियो।

महोत्सव दोस्रो दिनको झाँकि प्रदर्शनीबाट सुरुवात गर्दै जनकवि दुर्गालाल श्रेष्ठलाई आजिवन साधना सम्मान गरिएको थियो । उहाँलाई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले दोसल्ला ओडाउँदै सम्मान पत्र प्रदान गर्नुभएको छ ।

सोहि उपलक्ष्यमा वरिष्ठ साहित्यकार झमक घिमिरेसँग भेटघाट अवसर आयोजकले जुटाएका थिए ।

महोत्सवको तालिका अनुसार क्रमशः सेसनहरु सुरु भए ।

सेसनः ‘भुईजःसी

साहित्यकारहरुको प्रस्तुति

यस सेसनमा साहित्यकार तथा कविहरुले आफ्नो साहित्य प्रस्तुत गर्नुभएको थियो । यसको सहजीकरण रजनी मिलाले गर्नुभएको थियो । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सुमन तामाङले गर्नुभयो ।

सेसन – ‘कठघरामा’

३ जना राष्ट्रिय साहित्यकारहरुबिचको सेसन

सेसनको वक्ताको रुपमा साहित्यकार प्रगति राई, सुबिन भट्टराई र विवेक ओझा हुनुहुन्थ्यो भने यसको सहजीकरण राजकुमार बानियाँले गर्नुभएको थियो । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीराम के.सीले गर्नुभयो ।

सेसन – बस्तीको माया/ बस्तीको स्वाद

स्थानीय साहित्यकार तथा कविहरुको प्रस्तुती

सेसनमा स्थानीय साहित्यकार तथा कविहरूको प्रस्तुती भएको थियो । यसको सहजीकरण प्रा.डा. लेख निरौलाले गर्नुभएको थियो भने । सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिकाका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले गर्नुभयो ।

सेसनः ‘टिनएज टक’

स्थानीय किशोर/ किशोरीहरु बिचको महत्वपूर्ण अन्तर्क्रिया

यस सेसनमा नगरपालिकाभित्रका किशोर कोशोरीहरुबिच अन्तर्क्रिया भएको थियो। यसको सहजीकरण साहित्यकार बिना थिङले गर्नुभयो । सेसनको अध्यक्ष बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराई हुनुहुन्थ्यो।

सेसनः ‘सेवारो’

विभिन्न दलका राजनितिज्ञहरुबिच संवाद

यस सेसनमा राजनितिज्ञ डा. राजन कुमार भट्टराई र माननीय प्रदिप पौडेलबिच संवाद भएको थियो। यसको सहजीकरण यस नगरपालिकाका पूर्व नगर प्रमुख उद्धव खरेलले गर्नुभएको छ। सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का पूर्व वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले गर्नुभयो ।

 सेसन – नाङ्साल

कलाकारीता क्षेत्रको सम्भाव्यताका विषयमा बहस

सेसनको वक्ताको रुपमा प्रसिद्ध कलाकारहरु बुद्धि तामाङ्ग, लक्ष्मी बर्देवा र बिजय बराल हुनुहुन्छ भने यसको सहजीकरण थिएटर आर्टिष्ट केदार श्रेष्ठले गर्नुभएको थियो भने सेसनको अध्यक्षता हरिवंश किराँतले गर्नुभयो ।

सेसन : “चौतारी”

३ नगर प्रमुख विच विशेष कुराकानी सेसन

यस सेसनमा बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसाल विच विशेष कुराकानी भएको थियो । यसको सभाध्यक्ष सुर्यनाथ उपाध्यायले गर्नुभयो भने सेसन सञ्चालन बिमल आचार्यले गर्नभएको थियो ।

सेसन- ‘महफिल’

गजल प्रस्तुति

यस सेसनमा गजलकारहरुको प्रस्तुति भएको थियो । यसको सहजीकरण प्रकाश समिरले गर्नुभएको थियो भने। सेसनको अध्यक्षता बुढानीलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस नारायण महर्जनले गर्नुभयो ।

मैझारो

महोत्सवको अन्तिम तथा समापनको अवसर पारेर आयोजक समुहले मैझारो सत्र संचालन गरेका थिए । जसमा कवि तथा साहित्यकारहरुले आफ्नो कृतिहरु वाचन गर्नुभएको थियो ।