बुढानीलकण्ठ नगरपालिका सहकारी शाखाको आयोजनामा नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाका पदाधीकारीहरुका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु गरिएको छ। 

सहकारी संस्थाका सञ्चालक, अध्यक्ष तथा पदाधीकारीहरुका लागि सहकारी संचालन गर्नका निमित्त अतिआवश्यक रहने नीति तथा नियम तथा सहकारी संस्थाको संचलन तथा व्यवस्थापनका लागि चाहिने विभिन्न कानूनहरुका विषयमा केन्द्रित रहेर नगरपालिकाले सो कार्यक्रमको आयोजना गरिएको हो ।  

बुढानीलकण्ठ नगरपालिका तथा नगर सहकारी समन्वय समितिको सहकार्यमा 'सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम' आज मिति २०७९ माघ २४ र २५ गते गरि दुई दिन सञ्चालन हुनेछ ।

नगरपालिकाका प्रमुख अधिकारीले आजको कार्यक्रममा आफ्नो भनाई राख्दै नगरपालिकाभित्र सञ्चालित (सबै) सहकारी संस्थाहरु व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि यसका लागि उपयुक्त नीति, नियम तथा कानूनहरुको जानकारी तथा प्रशिक्षण गराउनका निमित्त तालिमको आयोजना गरिएको बताउनुभयो । साथै यस अभिमुखिकरण कार्यक्रम समापन भएलगत्तै नगरपालिकाभित्र सञ्चालनमा रहेका प्रत्येक सहकारी संस्थाको अवस्था बारेमा जान्नका लागि अनुगमन समेत हुने प्रमुखले बताउनुभएको छ।  

त्यसैगरी बागमती प्रदेशमाननीय ज्ञान बहादुर तामाङ्गले राष्ट्रको महत्वपूर्ण भुमिका रहने नीति तथा कानून निर्माण गर्ने स्थान/ पदमा आफू नियुक्त भएको र भावी समयमा सहकारी संस्था लगायतको व्यवस्थापन, स्तरोन्नती तथा उचित नीति नियम तथा कानून निर्माण तथा त्यसको उचित रुपमा कार्यान्वयन गर्नका लागि पहल गर्ने समात प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रमका प्रशिक्षक रहनुभएका काठमाडौँ बचत तथा ऋण सहकारी संस्था कास्कूनकस अध्यक्ष दिपक पनेरुले नगरपालिकाका सम्पूर्ण सहकारी संस्थाहरुसँग समन्वय गर्दै अघि बढ्ने र सहकार्य गर्नका लागि सम्भव रहेका संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने समेत बताउनुभयो। साथै संस्थाहरुमा आइपरेका विभिन्न समस्याहरुको समेत उचित ढंगमा समाधान गर्दै समन्वयको पाटोलाई प्राथमिकतामा राखिने समेत उहाँले जानकारी दिनुभयो ।    

कार्यक्रममा नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, बागमती प्रदेश माननीय ज्ञान बहादुर तामाङ्ग, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, आर्थिक र लेखा समितिका  संयोजक तथा अन्य वडाका सदस्य, पत्रकार तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रमको सञ्चालन नगरपालिकाका सहकारी शाखाका प्रमुख अच्युत खड्काले गर्नुभएको थियो । कार्यक्रममका करिव १५० जना सहकारी संस्थाका अध्यक्ष तथा पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।