बूढानीलकण्ठ नगरपालिका तथा महिला तथा बालबालिका महाशाखाको आयोजनामा आज नगरपालिकाका महिला जनप्रतिनिधीहरुका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजत कार्यक्रममा लैङ्गिक विभेद तथा महिलाहरुको प्रत्येक क्षेत्रमा समावेशीकरण र महिलाहरुमा प्रविधीको विस्तार लगायतका विषयहरु समेटिएको थियो ।  

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व सांसद माननिय डा.बिन्दा पाण्डे उपस्थित रहि महिलाहरुका लागि हालको समयमा आफ्नो दायित्व वहन गर्दै आर्थिक, सामाजिक, राजनैतिक लगायत प्रत्येक क्षेत्रमा प्रविधि अभिन्न पाटो रहेको बताउनुभएको छ । 

महिलाहरुका लागि हरेक क्षेत्र प्रविधिमैत्री बनाउन र महिलाहरु जुनै पनि पदमा रहँदा आफूले पाउनुपर्ने अधिकारका कुराहरुलाई नजरअन्दाज गरिने प्रवृत्तिलाई समेत औँल्याउँदै यस विषयहरुमा आवाज बन्नका लागि महिला र पुरुष दुवैले पहल गर्नुपर्ने डा.पाण्डेले बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित रहनुभएको यसै नगरपालिकाका पूर्व उप-प्रमुख रमा देवी राईले नगरपालिकामा रहेर आफूले गर्नुभएका कार्यहरुको मुल्यांकन वतथा सम्मान महिला जनप्रतिनिधिहरुले पाउन तथा समाजले प्रदान अझै चुकिरहेको बताउनुभयो । साथै समावेशीकरणको विषयहरुलाई आजसम्म पनि छलफल, कार्यक्रमहरुमा मात्र सिमित रखिएको र अझै दैनिक रुपमा हरेक क्षेत्रमा कार्यान्वयन गर्न अझै पनि मुस्किल रहेको बताउनुभएको छ ।

त्यस्तै टोखा नगरपालिकाबाट पूर्व उप-प्रमुख ज्ञानमाया डंगोल विषेश अतिथिका रुपमा उपस्थित रहनुभएको थियो । उहाँले जनप्रतिनिधीहरुलाई आफ्नो समाज तथा नगरका लागि गरिने कार्यहरुलाई अझै प्रभावकारी बनाउँदै लग्न र समाजको रुपान्तरण सँगै आफूले पाउनुभएको पद तथा अधिकारको पूर्ण उपयोग गर्नका लागि हौस्याउनु भएको थियो ।  

महिलाहरुमा भइरहेको विवेदको अन्त्य गर्नका लागि महिला आफू मात्र नभई महिला-पुरुषहरुको समान समन्वय जरुरी रहन्छ भन्दै महिला जनप्रतिनिधीहरुलाई आफ्नो वडा, नगर तथा समाज सबै स्थानमा समान योगदान दिँदै आएको र त्यसको उचित मुल्यांकन समेत जरुरी रहेको नगर उप-प्रमुख अनिता लामाले जनाउनुभयो । 

मार्च ८ तारिखमा मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवसको यस वर्षको नारा Digital: Innovation and Technology for Gender Equality तथा राष्ट्रिय नारा “लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रिविधीमा महिला पहुँचको विस्तार” रहेको छ ।