विश्‍वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण त्रासका कारण आगामी चैत १ गतेदेखि आयोजना हुने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्‍वान्टी क्रिकेट स्थगित भएको छ ।

आयोजक ईपीएलले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी राजधानीमा हुने तय गरिएको चौँथो संस्करणको प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएको हो । कोरोना भाइरसको त्रासका कारण प्रतियोगितालाई स्थगित गर्नुपरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

ईपीएलको यस संस्करणमा वेस्ट इन्डिजका क्रिस गेल, दक्षिण अफ्रिकाका खेलाडी हसिम अमला लगायत खेलाडीले सहभागिता जनाउने तयारी थियो।