तारकेश्वर नगरपालिका वडा नं. ११ को शेषमती पुल क्षेत्रमा यात्रु बहाक बा ३ ख ६३६७ नम्बरको बसले मोटर साइकललाई ठक्कर दिई खोलामा खस्दा १० जना घाइते भएका छन् । 

बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कँवरका अनुसार बसले मोटरसाइकललाई पनि खोलामा झारेको छ । उहाँले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । 

यसैगरी स्थानीयबासी  दिलकृष्ण महर्जनले  मोटरसाइकल चालकको अवस्था भने चिन्ताजनक जानकारी दिनुभयो । अन्यलाई सामान्य चोटपटक लागेको छ । गाडी शेषमती खोलामा झरेसँगै मोटरसाइकल चालक पनि खोलामै खसेका थिए । त्यस क्षेत्रमा तनाव अहिले उत्पन्न भएको छ ।