गत हप्ता भएको जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका चार शहीदहरूको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा सुरु गरी पशुपति आर्यघाटमा उनीहरूको अन्त्येष्टि गरिएको हो।
त्रिभुवन विश्वा विद्यालय शिक्षण अस्पतालमाबाट सुरु भएको शवयात्रामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री कुलमान घिसिङ, गृह, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल शवयात्रामा सहभागी हुनु भएको छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्पतालबाट पशुपतितर्फ लैजाँदा शवयात्रा निकालिएको हो । शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुगेको छ ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले जेन जी आन्दोलनमा मृत्यु हुनेहरूको राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
प्रतिकृयाहरु