टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । कुटपिटबाट टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बूको मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिम्बूको हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई शुक्रबार राति पक्राउ गरेको हो । टोखा–१ मालुङस्थित निर्माणाधीन घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।