ललितपुर, वैशाख ३१ गते । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा शनिबार दिउँसोबाट मतगणना सुरु भएको हो ।

ललितपुर महानगरको प्रमुख पदमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जन, नेकपा (एमाले)बाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जन उम्मेदवार हुनुहुन्छ ।

यसैगरी, उपप्रमुख पदमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा (माओवादी केन्द्र)बाट बाबुराज बज्राचार्य र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्य उम्मेदवार हुनुहुन्छ ।