काठमाडौं, असार १७ गते। जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ। समयमा विद्यालयमा पाठ्यपुस्तक नपुर्याएको भन्दै अखिल (क्रान्तिकारी)ले मोसो दलेर शुक्रबार कार्यकक्षमै दुर्व्यवहार गरेको हो।

 देशभर विद्यालयमा पाठ्यपुस्तक पुर्याउन नसकेको भन्दै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको नेतृत्वमा झालाई कार्यकक्षमै मोसो दलिएको महासचिव ललित बिकले जानकारी दिनुभयो। 

झामाथि देशभर विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव सिर्जना गरेको , राजधानीमा समेत पाठ्यपुस्तक विद्यालयमा पुर्याउन नसकेकोे, केन्द्र लामो समयदेखि चरम भ्रष्टाचारमा मुछिएको, कागज खरिदमा अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर केन्द्र डुबाउने खेलमा लागेको र जनताका छोराछोरीको भविष्यमाथि खेलवाड गरेको आरोप अखिल क्रान्तिकारीले लगाएको छ।