बूढानीलकण्ठ नगरपालिका भित्र १२ देखि १७ का बालबालिकाहरुलाई कोभिड १९ विरुद्धको P-Fizer Bio-Ntech खोप लगाउन आजबाट शुरु भएको छ। नगरपालिकाका विभिन्न सार्वजनिक, निजि, सामुदायिक लगायतका विद्यालयका विद्यार्थिहरुलाई खोप लगाउन शुरु गरिएको हो। 

आज पहिलो दिनमा नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरु गरि २,४४८ जना बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ। 

नगरपालिका भित्र सञ्चालित विद्यालयहरु जसमा जय भद्रकालि आधारभुत विद्यालय, ऊँ स्कुल, गणेश मा.वि. , बूढानीलकण्ठ मा.वि. , श्री राम माध्यमिक विद्यालय, नेसनल ब्लुमिङ स्कुल, फ्युजन एकेडेमि, पञ्चकन्या मा.वि., जे.बि. मेमोरिएल स्कुल, ट्रुनग्राम ईनटर्नेशनल स्कुल, श्री महांकाल जनजाग्रित मा.वि., डेविड रतन मेमोरियल स्कुल, नेसनल आईडियल बो. स्कुल, साईप्रेस स्कुल, बाल उद्वार मा.वि., ग्राम शिक्षा मन्दिर मा.वि., जन उद्दार मा.वि, नौलिन मा.वि हरुमा बालबालिकाहरुलाई खोप लगाइँदै छ।

खोप अभियान पौष ३० गते सम्म बूढानीलकण्ठ नगरपालिकामा अन्तर्गत रहेका १०३ विद्यालयहरुमा क्रमशः सञ्चालन हु हुने जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिनुभएको छ। 

नगरपालिका जनस्वास्थ्य महाशाखाको अनुसार १६ हजार ५ सय ७४ जना विद्यार्थीहरुले खोप लगाउने छन् । खोप अभियान पौष ३० गते सम्म सञ्चालन हुने छ । यसअघि १८ वर्ष माथिका वयस्कलाई कोभिसिल्ड, भेरोसेल, जे एन्ड जे, फाइजर र मोडर्ना लगाइएको थियो ।