बुढानीलकण्ठ सीप सम्मेलन तथा कृषि मेलामा स्टल राख्नका लागि आवेदन दिने सम्बन्धी नगरपालिकाले सूचना प्रकाशन गरेको छ ।

बुढानीलकण्ठ नगरपालिकाभित्र रहेका विभिन्न लघु उद्यम, घरेलु तथा साना उद्यम एवं गृह श्रमिकहरु मार्फत् उत्पादन भए गरेका वस्तु तथा सेवाहरूको पहिचान, प्रवर्द्धन तथा प्रसार गरी व्यवसायिक स्तरोन्नतिका लागि बिक्री एवं बजारीकरण, स्थानीय सीपको सूचीकरण एवं उत्पादनलाई प्रोत्साहित गरी आत्मविश्वास, आत्मनिर्भरता वृद्धि तथा स्वरोजगारमा टेवा पुऱ्याउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम २०७९ चैत्र ३ र ४ गते ( दुई दिन ) संचालन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र स्थानीय श्रम र सीपको उपयोग गरी भएका उत्पादनहरु (मौलिक, सांस्कृतिक, पौराणिक समेत) र कृषि तथा पशुजन्य उत्पादन (माछामासु बाहेक) को बृहत बिक्री तथा प्रदर्शनी मेलामा नगरपालिका भित्रका त्यस्ता उत्पादनका क्षेत्रमा निरन्तर संलग्न व्यक्ति, उद्यमी, संघसंस्था वा समूह जो कोहीले पनि यस सम्मेलनमा भाग लिन पाँउने छन् ।

भाग लिनका लागि नगरपालिका द्वारा तोकिएको नियम तथा शर्तहरुको अधीनमा रही संलग्न ढाँचाको आवेदन फाराम भरी नगरपालिका उद्योग तथा पर्यटन विकास शाखामा २०७९ फागुन ३० गतेभित्र बुझाई स्टल बुकिङ गर्न उद्यम सहजकर्ता जनार्दन मिश्रले जानकारी दिनु भएको छ ।

कार्यक्रममा बिक्री तथा प्रदर्शनीमा राख्न पाइने सामग्रीहरुको विवरणः

१. बुढानीलकण्ठ नगरपालिकाभित्र स्थायी, अस्थायी बसोबास गरी विभिन्न घरेलु तथा लघु उद्यम मार्फत् वा गृह श्रमिकको रुपमा उत्पादन गरेका विभिन्न घरेलु तथा स्थानीय श्रम, सीप प्रयोग गरी उत्पादन गरेका वस्तु तथा सेवाहरु,

२. बुढानीलकण्ठ नगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरी विभिन्न मौलिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, दुर्लभ उत्पादनको वस्तु तथा सेवाहरु,

३. बुढानीलकण्ठ नगरपालिकाभित्र उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनहरू (माछामासु बाहेक)

कार्यक्रममा भाग लिन पूरा गर्नुपर्ने शर्तहरू:
१. बिक्री तथा प्रदर्शनीका लागि राखिएका उत्पादनहरू नगरपालिकाभित्रै उत्पादन भएको हो भन्ने प्रमाणिकरण सम्बन्धित वडा कार्यालयबाट गराउनुपर्दछ । कार्यक्रममा बिक्री तथा प्रदर्शनी स्टल कक्ष बुकिङ गर्न आवेदन शुल्क रु. १००।- (अक्षेरुपी २.
एक सय मात्र) बुझाउनुपर्नेछ ।
३. सामान बिक्री तथा प्रदर्शनीका लागि नगरपालिकाले स्टल उपलब्ध गराउनेछ । एक व्यक्ति, फर्म वा समूहलाई एउटा मात्र स्टल उपलब्ध हुनेछ ।
४. आवेदन फाराममा बिक्री तथा प्रदर्शनी स्टलमा राख्ने वस्तुको नाम प्रष्ट खुलाउनुपर्नेछ । साथै स्टलमा राख्ने ब्यानर बनाउँदा आफ्नो उत्पादन र पहिचान स्पष्ट खुल्ने गरी बनाउनुपर्नेछ ।
५. आफ्नो स्टल र सामानको सुरक्षा तथा आफ्नो स्टलबाट निस्कने फोहोरमैलाको व्यवस्थापन आफैँले गर्नुपर्नेछ ।
६. उत्पादनका लागि स्टल बुकिङ गर्न नगरपालिकाको उद्योग तथा पर्यटन विकास शाखामा आवेदन दिनुपर्नेछ ।
७. आवेदन फाराम नगरपालिकाको वेबसाइट www.budhanilkanthamun.gov.np मा पनि उपलब्ध छ । आवेदन फाराम फागुन ३० गते कार्यालय समयभित्र नगरपालिकामा बुझाई सक्नुपर्नेछ ।
८. यस कायक्रममा सबैभन्दा बढी उत्पादन बिक्री गर्न सक्षम व्यक्ति, फर्म वा समूहलाई उचित पुरस्कारको व्यवस्था गरिनेछ । तसर्थ सम्बन्धित स्टल बुकिङकर्ताले क्रेताको संख्या बढ्ने गरी प्रचारप्रसार गर्नहुन पनि अनुरोध गरिन्छ ।

थप जानकारीको लागि देहायका शाखा र कर्मचारीहरुसँग सम्पर्क गर्न सकिनेछ

पुष्पा बम, जनसंख्या तथा सामाजिक समावेशीकरण महाशाखा ( ९८४९२८८२७२ )

काजी बहादुर श्रेष्ठ, पशु विकास शाखा (९८५१०९२४०७ ) लक्ष्मी घर्ती, कृषि विकास शाखा (९८६९४१४९४३)

जनार्दन मिश्र, उद्यम विकास शाखा (९८६०९०४६४०)