बूढानिलकण्ठ नगरपालिका वडा-११ मा आगलागीमा परी मृत्यु हुने र घाइते हुनेको परिचय खुलेको छ । बूढानिल्कण्ठ नगरपालिका वडा-११ स्थित टंक घिसिङको घरमा आज बेलुकाको समयमा लागेको भिषण आगलागीमा परी ३ को मृत्यु भएको छ भने कपन बस्ने १ जना घाइते बर्ष २८ को कुशल बुढाथोकी रहेका छन । आगलागि परी घाइते बूढाथोकीको दायाँ हात , दुबै खुट्टा र अनुहारको भाग जलेको र हाल करुणा अस्पतालमा  उपचारर्थ राखिएको छ । आगलागीमा परी मृत्यु हुनेमा ताप्लेजुङ घर बर्ष २७ को कासाङ तेन्जी शेर्पा, सोलुखुम्बु घर भैइ काठमाडौं सुकेधारा बस्ने बर्ष ३०/३२ को अशोक राई र काठमाडौं रानी बारी बस्ने बर्ष २६को छेवाङ शेर्पा रहेका छन । मृत्यु भएका व्यक्तीहरुको शबलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराज्गन्ज पठाइएको छ । 

अगालागि भएको उक्त घरमा किर्तिमानी पर्वतारोही ' निम्स दाई' अर्थात निर्मल पुर्जाको इलाइट हिमालयन एड्भेण्चर प्रालिको कार्यालय सञ्चालनमा रहेको थियो । ट्रेकिङ समाग्री अक्सिजन सिलिन्डर पड्किँदा आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।  

उक्त घरमा लागेको आगलागी नियन्त्रणका लागि ८ वटा दमकल्, नेपाल प्रहरि, नेपाली नेपाली सेना , सशत्र प्रहरी , बूढनिलकण्ठ नगर प्रहरी ,स्थानिय लगायतको सक्रीयतामा उक्त आगलागी नियन्त्रणमा लिन सफल भएको थियो । 

आगलागी भएको घटना लगतै सांसद गगन थापा, नेता राजन भट्टराई, नगर प्रमुख मिठ्ठाराम अधिकारी , उप प्रमुख अनिता लामा लगायत व्यक्तीहरु घटना स्थल पुगेका थिए ।