काठमाडौं, बूढानिलकण्ठ नगरपालिका हात्तीगौंडा स्थित नेसनल युनाइटेड स्कुलमा यही मिति २०७९ माघ १६ गते सोमबार “संगै उत्कृष्टता हासिल गरौं” भन्ने मृ्ल नाराका साथ सुरु भएको अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०२३ यहि माघ १८ गते बुधबार सम्पन्न भएको छ । हरेक वर्ष सहिद दिवसको अवसर पारेर आयोजना गरिँदै आएको कार्यक्रमको तेस्रो दिन रोड रेस, बास्केटबल, टेवल टेनिस, ट्रेजर हन्ट लगायत बाँकी सम्पृ्र्ण स्पर्धाका खेलहरु सम्पन्न भएका छन् ।

बुधबार बिहान ७:३० बजे नेसनल युनाइटेड स्कुलबाट सुरु भई बृ्ढानीलकण्ठ नगरपालिका वडा नं. २ अन्तर्गतको क्षेत्र भित्र २.५ कि.मी. रोड रेसमा सिनियर ब्वाइजतर्फ सुमित थापा प्रथम, सुमित घिमिरे द्वितीय तथा कमल क्षेत्री तृतीय हुँदा गर्ल्सतर्फ जेनिशा खत्री प्रथम, अनुष्का गिरी द्वितीय तथा सुप्रिया राई तृतीय हुन सफल भए । त्यसैगरी जुनियर ब्वाइजतर्फ अमृत नेपाली प्रथम, अनमोल काफ्ले द्वितीय तथा संकल्प तामाङ्ग तृतीय भए भने जुनियर गर्ल्सतर्फ पेरिशा राई प्रथम, सपना शाही द्वितीय र ऐश्वर्या गुरुङ्ग तृतीय हुन सफल भए ।

त्यसै गरी बास्केटबलको जुनियर ब्वाइजतर्फ यल्लो हाउस प्रथम हुँदा जुनियर गर्ल्सतर्फ ब्लू हाउस प्रथम हुन सफल भयो । खेलकुद कार्यक्रममा सहभागि हुन पाउँदा उत्साहित रहेको र यस्ता कार्यक्रमले शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राखी शैक्षिक उपलब्धिस्तर समेत वृिद्व हुने कुरा कक्षा ८ मा अध्ययनरत छात्र समिप सुवेदी तथा कक्षा ५ मा अध्ययनरत छात्रा मौसमी पुनले बताए । विभिन्न क्रियाकलापमा भाग लिन पाउँदा उनीहरू निक्कै हर्षित देखिन्थे । प्रतिस्पर्धामा सहभागि विद्यार्थीहरु मध्ये ब्वाइजतर्फ कक्षा ५ मा अध्ययनरत छात्र प्रभव प्याकुरेल तथा गर्ल्सतर्फ कक्षा ९ मा अध्ययनरत छात्रा जेनिशा खत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए भने प्राप्त नतिजाका आधारमा ३१३० अंकका साथ यल्लो हाउस टिम प्रथम, २७५५ अंक सहित ग्रिन हाउस टिम द्वितीय र २७४० अंक हासिल गरी रेड हाउस टिम तृतीय हुन सफल भए । विजेता खेलाडीहरुलाई केहि दिन पश्चात विशेष कार्यक्रमका बिच प्रमाणपत्र, मेडल तथा ट्रफीद्धारा पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।