नुवाकोट, श्रावण २५ गते ।

अविरल बर्षापछि आएको वाढीको कारण नुवाकोटका विभिन्न स्थानमा क्षति पुगेको छ । वाढीले सडक र पुल वगाउंदा कतिपय स्थानमा यातायात अवरुद्ध भएको छ ।

नुवाकोटको पुर्वी भेगमा आएको वाढीले पुल वगाउनुका साथै एक जलविद्युत आयोजनमा क्षति पु¥याएको छ । वाढीले सातविसेस्थित वुद्धभुमि जलविद्युत आयोजनाको ड्याममा क्षति गरेका कारण विद्युत उत्पादन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रुपक खड्काका कारण वाढीका कारण ड्याममा थुनिएका जलविद्युत आयोजनाका तीन जना कामदारलाई उद्धार गरिएको छ । अविरल वर्षात्सहित राति आएको बाढीले पुलमा क्षति गरेका कारण छहरे–ढिकुरे सडकमार्ग अवरुद्ध भएको छ ।

नुवाकोटको पुर्वी भेगमा रहेको तादी खोलामा आएको वाढीले विभिन्न स्थानमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । नुवाकोटको क्षेत्र न १ को दुप्चेश्वर गाउंपालिका ३ राउतवेसी, तादी ४ सातविसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल, पञ्चकन्या २ वरपर र तादी ५ वाहुनवेशि जोड्ने पक्की पुल र पञ्चकन्या १ को सिमरा फाँट र लिखु गापा ३ सुर्यमति र ढिकुरे बजार जोड्ने पक्की पुलमा अविरल वर्षातपछि आएको वाढीले क्षति पु¥याएको छ ।

अवरोध हटाउनुका साथै मर्मत गरेर यातायात सञ्चालनको पहल भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सम्वन्धित निकायलाई पहिरो पन्छाउनुका साथै पुलका संरचना मर्मत गरेर यातायात सन्चालनका लागि सम्वन्धित निकायलाई निर्देशन दिइएको वताउनुभयो ।

यता, तादी खोलामा आएको बाढीले विदुर नगरपालिका देवीघाटस्थित जालपादेवी मन्दिर क्षेत्रमा क्षति गरेको छ । वाढीले मन्दिरको नजिक रहेको किरियापुत्री भवनमा क्षति पु¥याउनुका साथै सितल ताप्ने पाटी वगाएको छ ।

सो वाढीले जालपादेवी मन्दिर आसपास बनाइएका टहरा तथा संरचनाहरुमा क्षति पुगेको छ भने घरहरु समेत उच्च जोखिममा पारेको स्थानीय युवा नवीन चित्रकारले वताए । मन्दिरको पुर्वतर्फ रहेको हनुमान ढुंगावाट पर्खाल भत्काएर वाढी पसेर क्षति गरेको उनले वताए ।

यसैवीच, लगातार परेको अविरल वर्षाको कारण त्रिदेशीय मार्ग अवरद्ध भएको छ । पहिराका कारण सडक बगाउँदा त्रिशूली–वेत्रावति–मैलुङ–रसुवागढी तथा पासाङल्हामु सडकमार्ग अन्तर्गत बेत्रावति–राम्चे सडकखण्ड अवरुद्ध भएको छ ।

पहिराले रसुवाको उत्तरगया गाउंपालिका ५ नौविसे नयांवस्तीमा सात घरमा क्षति पुर्‍याएको छ । वस्तीमाथिवाट आएको पहिराले स्थानीयवासीका घरहरु जोखिममा परेको उत्तरगया गापाले जनाएको छ ।

पहिराले स्थानीय मानबहादुर थापामगर, दिपवहादुर थापामगर, विष्णुवहादुर थापामगर, सम्झना घले, कान्छी थापामगर, रवि थापामगर, राजु थापामगरको घरमा क्षति पुर्‍याइएको वडाध्यक्ष यमनाथ आचार्यले जानकारी दिनुभयो । उहाँले पहिरोले गरेको क्षतिको मुल्यांकनका लागि स्थलगत निरीक्षण भइरहेको बताउनुभयो ।

अविरल वर्षातसँगै आएको पहिराले पासाङल्हामु सडकमार्ग अन्तर्गत रसुवाको उत्तरगया ५ वनुवाघुम्तीस्थित सडक बगाउँदा यातायात पूर्णरुपमा ठप्प भएको छ । पहिराले १५ मिटर लम्वाइको पक्की सडक नै बगाएको छ ।

सोही पहिराले तल रहेको नयांवस्तीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । बेत्रावति–कालिकास्थान पक्की सडकखण्ड अन्तर्गत बनुवा भन्ने स्थानबाट राति साढे २ बजे खसेको पहिरोको कारण पासाङल्हामु मार्गको वेत्रावति– राम्चे र सोही पहिरोले तल रहेको त्रिदेशिय सडकमार्ग अन्तर्गतको वेत्रावति–मैलुङ–रसुवागढी सडक अबरुद्ध भएको उत्तरगया गापा अध्यक्ष माधव अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरो पन्छाएर छिटो भन्दा छिटो यातायात सुचारु गर्न सम्वन्धित निकायलाई निर्देशन दिइसकिएको छ । रसुवाको प्रमुख धार्मिक तीर्थस्थल गोसाइकुण्डमा जनैपूर्णीमाका अवसरमा लागेको मेलामा जाने तीर्थयात्रीहरुलाई सडक अबरुद्ध हुँदा निकै समस्या परेको छ ।

बाटो अवरुद्ध हुँदा यात्रुहरु वीचमै रोकिन वाध्य भएका छन् । अवरोध भएको सडकहरु सुचारु गर्नको लागि आवश्यक कार्य सुरु भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

-नेपालटिभी