कपनमा एमालेका युवा नेताको गाडीमाथि भयो तोडफोड, कसले गर्यो ?

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, कपनमा नेकपा (एमाले) का युवा नेताको गाडीमाथि तोडफोड भएको छ । शनिबार बेलुका पार्किङ्गका लागि राखिएको गाडीमाथि तोडफोड भएको जनाइएको छ । 

युवा सङ्घ नेपाल बूढानीलकण्ठका इन्चार्ज समेत रहेका एमालेका युवा नेता कर्ण लामाको प्राइभेट गाडीमाथि तोडफोड भएको हो । तोडफोडबाट गाडीका सिसाहरू फुटेका छन् । कसले यस्तो तोडफोड गर्यो भन्ने कुरा अहिलेसम्म खुलेको छैन । 

फ्रेन्डशिप क्लब अगाडी राखेको पार्किङ्गका लागि राखिएको बा १३ च ५४९१ नम्बरको शेर्पाको रातो रङ्ग कारमाथि पछाडि सिसामा बढी क्षति पुगेको जनाइएको छ । सँगै रहेको अर्को गाडीमाथि तोडफोड भएको छ ।

मौन अवधि चलिरहेको बेला अज्ञात समूहले राजनीतिक प्रतिसोध राखेर गाडीमा आक्रमण गरिएको हुन सक्ने आशङ्का गरिएको छ । 

घटनाको भ्रत्सर्ना गर्दै लामाले चाँडोभन्दा चाँडो दोषीको पहिचान गरी कारबाहीको माग गरेका छन् ।