बुढानीलकण्ठ नगर अस्पतालमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा आगामी योजनाको प्रस्तुतीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। अस्पताल परिसरमा आयोजित उक्त कार्यक्रम नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष मिठाराम अधिकारी को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा स्वास्थ्य महाशाखा प्रमुख रेवती थापा ले अस्पतालले आर्थिक वर्षभरि हासिल गरेका प्रमुख उपलब्धि तथा वार्षिक प्रगतिबारे जानकारी प्रस्तुत गर्नुभयो। त्यसैगरी अस्पताल निर्देशक सुधांशु झा ले अस्पतालको प्राविधिक सेवा, उपचार प्रणाली र सेवा विस्तारसँग सम्बन्धित वार्षिक प्रगतिविवरण प्रस्तुत गर्नुभयो। प्रमुख कार्यकारी अधिकृत गोपाल प्रसाद पोखरेल ले आर्थिक वर्ष २०८२/०८३ को समग्र प्रगति समीक्षा प्रस्तुत गर्दै चालु आर्थिक वर्षका प्राथमिकता, लक्ष्य तथा भावी कार्ययोजनाबारे विस्तृत जानकारी गराउनुभयो। कार्यक्रमका अतिथि, स्वास्थ्य परामर्श समितिका सदस्य एवं प्रा. डा. भुपेन्द्र बस्नेत ले बुढानीलकण्ठ नगर अस्पतालद्वारा विकास गरिएको डिजिटल स्वास्थ्य प्रणाली को प्रशंसा गर्दै यसको प्रभावकारिता अझ बढाउन आवश्यक सुझावहरू प्रदान गर्नुभयो। कार्यक्रमको समापन अध्यक्ष तथा नगर प्रमुख मिठाराम अधिकारी को मन्तव्यसहित सम्पन्न भएको थियो। उहाँले अस्पतालको सेवा प्रवाहलाई अझ गुणस्तरीय, प्रविधिमैत्री र नागरिकमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको विस्तार, पहुँच अभिवृद्धि र सेवा सुधार लाई विशेष प्राथमिकता दिइने बताउनुभयो।

प्रतिकृयाहरु