लागु औषध खैरो हेरोइन १०१ ग्रामसहित ११ जना युवायुवती कोटेश्वरबाट पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार २०८३ जेठ १२ गतेदेखि जेठ १७ गतेसम्म काठमाडौँका विभिन्न स्थानबाट लागु औषध कारोबारमा सङ्लग्न उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका ६ की ३२ वर्षीया दीपाकुमारी विष्ट, महोत्तरी एकडरा गाउँपालिका ४ का २६ वर्षीय अमरकुमार साह, चितवन भरतपुर महानगरपालिका १७ का ३६ वर्षीय सुनिल लामा, इलाम चुलाचुली गाउँपालिका ४ का ३५ वर्षीया सङ्गीता बास्कोटा, नुवाकोट शिवपुरी गाउँपालिका २ का ३३ वर्षीय पेम्बा लामा, चितवन भरतपुर महानगरपालिका ६ का ३८ वर्षीय जीवनकुमार लामा रहेका छन् ।
यसैगरी, भारतका दरभङ्गा जिल्ला फिर्मा पञ्चायत कचुवा २ का २६ वर्षीय आकाश सिंह, नवलपरासी पुर्व कावासेती नगरपालिका २ का २९ वर्षीय सरोज गुरुङ, सुनसरी धरान उपमहानगरपालिका १७ का २० वर्षीया जिया राई र मकवानपुुर थाहा नगरपालिका-९ की २० वर्षीया स्वस्तिका तामाङ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमध्ये सुनिल लामा र सङ्गीता बास्कोटा लागु औषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको अवस्थामा २०८२ भदौ २३ र २४ गतेको आन्दोलनमा भागी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृयाहरु