बूढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजको थप १५ महिला र २५ जना पुरुष गरि कुल ४० गरि हालसम्म नगरपालिकामा कुल संक्रमित १०४७ पुगेको छ। 

आज थपिएका संक्रमितहरु वडा नं ३ बाट छजना, ४ बाट दुईजना, ५ बाट एकजना, ६ बाट एकजना, ७ बाट चारजना, ८ बाट दुईजना, ९ बाट दुईजना, १० बाट सातजना, ११ बाट तीनजना, १२ बाट ११ जना र १३ बाट एकजना रहेका छन्

वडागत विवरणः

वडा नं ३ चपली घुम्तिबाट ३३ वर्षिया एक महिला, ३३ वर्षिया एक पुरुष, प्रहरी चौकीबाट ४२ वर्षिया एक पुरुष, नारायणस्थानबाट ३४ वर्षिया एक पुरुष, भण्डारी टोलबाट ५१ वर्षिया एक पुरुष, स्वास्थ्य चौकीबाट २७ वर्षिया एक महिला

वडा नं ४ सियामार्ग भित्रबाट ३६ वर्षिया एक पुरुष, गुरुङ्ग टोलबाट २४ वर्षिया एक पुरुष

वडा नं ५ थरथोकबाट ४२ वर्षिया एक महिला

वडा नं ६ च्यासिङ्गडोलबाट १४ वर्षिया एक महिला

वडा नं ७ हेपाली हाइटबाट ४७ वर्षिया एक पुरुष, हात्तिगौँडाबाट ५३ वर्षिया, ४६ वर्षिया एक महिला, २२ वर्षिया एक पुरुष

वडा नं ८ सुन्दरबस्तीबाट ७८ वर्षिया एक पुरुष, ३६ वर्षिया एक महिला

वडा नं ९ न्यु कोलोनीबाट ६१ वर्षिया एक पुरुष, मण्डिकाटारबाट ४१ वर्षिया एक महिला

वडा नं १० कपनबाट ६२ वर्षिया एक पुरुष, ढलाने पुलबाट ५९ वर्षियाएक महिला, बालुवाखानीबाट २८ वर्षिया, २६ वर्षिया दुई पुरुष, शिवपुरी चोक नजिकैबाट ४५ वर्षिया एक पुरुष, मितेरी मार्गबाट १५ वर्षिया, १९ वर्षिया दुई महिला, 

वडा नं ११ पैयाँटारबाट ४३ वर्षिया एक पुरुष, अधिकारी मोडबाट ३३ वर्षिया एक महिला, ४७ वर्षिया एक पुरुष

वडा नं १२ दुर्गामन्दिरबाट ६ वर्षिया, ९ वर्षिया दुई बालक, मुस्कान चोकबाट १९ वर्षिया एक पुरुष, तेञ्जिङ्ग चोकबाट ५० वर्षिया एक पुरुष, आकाशेधाराबाट २४ वर्षिया एक महिला, जम्दार चोकबाट ४९ वर्षिया एक पुरुष, शान्तिनगरबाट २३ वर्षिया एक महिला, शान्तिटोलबाट ६२ वर्षिया एक पुरुष, दुर्गामन्दिरबाट एक ४० वर्षिया एक महिला, वडा कार्यालय नजिकैबाट ४२ वर्षिया एक महिला, सिमलटारबाट २२ वर्षिया एक पुरुष

वडा नं १३ बाट २० वर्षिया एक पुरुष

पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाबाट मुक्त भएका छन् जसमध्ये १२ महिला र २१ वर्षिया पुरुष रेहका छन्। हालसम्म कोरोनाबाट मुक्त हुनेहरुको संख्या ६७१ पुगेको छ। हाल नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३७० जना रहेका छन्। सक्रिय मध्ये ३२७ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् भने बाँकी ४३ जना विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन्। 

मिति २०७७ असोज २१ गते बूढानीलकण्ठ नगरपालिका अन्तरगत चुनिखेल स्वास्थ्य चौकी, वडा नं १० ह्याण्डबल ग्राउण्ड, बूढानीलकण्ठ स्वास्थ्य चौकीबाट ८७, ३२१ र २२३ जना गरी ६२१ जना नजिकका सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गरि लगिएको मध्ये ६१५ जनाको नतिजा प्राप्त भएको छ जसमध्ये १५१ जनाको नतिजा पोजिटिभ आएको छ।