नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उहाँलाई आइसीयूमा भर्ना गरिएको छ । 
केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा रहनु भएका कोइरालालाई निमोनिया देखिए पछि काठमाडौ चावहिलस्थित ऊँ अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले बताउनुभायो । उहाँलाई डा.विश्वनाथ कोइरालाको टोलीले उपचार गरिरहेको र स्वास्थ्य अबस्था स्थिर रहेको बताइएको छ ।