बुढानीलकण्ठ नगरपालिका, शिक्षा, युवा तथा खेलकुद महाशाखा र नेपाल स्काउट स्थानीय स्काउट कार्यालय बुढानीलकण्ठको आयोजना तथा स्थानिय स्काउट कार्यालय बुढानीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा बि.टि.सी. तथा पीटीसि तालिमको उद्घाटन भएको छ । 

बुढानीलकण्ठ नगरपालिकाको आ.व. २०७९/८० को कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा नगरपालिकाका प्रमुख तथा स्थानिय स्काउटका संरक्षक मिठाराम अधिकारी, नगर उप प्रमुख तथा स्काउट प्रमुख अनिता लामा, पूर्व सांसद दिपक निरौला, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित बिक्रम सिंह, नगरपालिकाका अन्य कर्मचारी लगायत स्थानिय स्काउट समितिका अध्यक्ष तथा समितिका पदाधिकारीहरु समेत प्रशिक्षकहरुको उपस्थितिमा आज बिहान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाका सबै वडाबाट प्रशिक्षार्थीहरु समेटी करिव ५० जनाले पाँच दिनको तालिम लिने भएका छन्। तालिम २०८० जेष्ठ १६ गते देखि २१ गतेसम्म सञ्चालन हुनेछ । तालिम कार्यक्रमको पहिलो दिनमा स्काउट सम्बन्धि अभिमुखिकरण तथा स्काउट तालिमभरको तयारी तथा समेटिने विभिन्न सत्रहरु बारेमा व्याख्या गरिएको थियो । साथै तालिम कार्यक्रमभर पालना गरिनुपर्ने नियमहरु बारेमा समेत प्रशिक्षार्थीहरुलाई जानकारी प्रदान गरिएको थियो। 

नेपाल स्काउट, स्थानिय स्काउटद्वारा आयोजित यो ५३८औँ तथा ३९६औँ पि.टि.सी. आधारभुत स्काउट तालिम रहेको छ । आज बिहान ६ बजेको समयमा प्रमुख अतिथिहरुसमेतको उपस्थितिमा झण्डोत्तोलन गरि तालिम कार्यक्रमको औपचारिक रुपमा शुरुवात गरिएको थियो।