बुढानीलकण्ठ नगरपालिकाले सामुदायिक र घरपालुवा कुकुर/बिरालोको व्यवस्थापनलाई व्यवस्थित बनाउन व्यापक अभियान सुरु गर्ने भएको छ। पशु सेवा शाखाको आयोजनामा २०८२ भदौ २६ गतेदेखि सुरु हुने यो अभियानअन्तर्गत अनिवार्य दर्ता, निःशुल्क रेबीज खोप, जुकाको औषधि वितरण साथै माईक्रोचिपिङ गरिनेछ।
नगरपालिकाले दर्ता अनिवार्य रहेको बताउँदै प्रमाणपत्र प्राप्त गरेपछि मात्र कुकुर वा बिरालो पालन गर्न पाइने स्पष्ट गरेको छ। साथै, माईक्रोचिपिङ प्रणालीमार्फत जनावरहरूको पहिचान सुरक्षित र दिगो हुने भएकाले यसलाई विशेष प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।
नगरवासीलाई तोकिएको तालिका अनुसार आफ्ना घरपालुवा कुकुर/बिरालो दर्ता गराई प्रमाणपत्र लिन तथा माईक्रोचिपिङमा सहभागी हुन आग्रह गरिएको छ। यस कदमले समुदायमा जनस्वास्थ्य सुरक्षा, जनावरमैत्री व्यवस्थापन र आधुनिक पाल्तु जनावर व्यवस्थापन प्रणालीलाई बल पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिकृयाहरु