बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री एवम् नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले अहिले जारी रहेको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने बाहिरिनुभएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका प्रेस संयोजक चिरञ्जीवि अधिकारीले बिहान चार दलको बैठकले नै अन्य दलहरुलाई पनि सहभागी गराएको जानकारी दिनुभयो ।

अधिकारीले भन्नुभयो, “बालुवाटारमा पुरानो गठबन्धनको बैठक दिउँसो ५ बजेदेखि । बिहान बसेको चार दल र त्यसपछि चार दलले अरु दल बोलाएर छलफल गरेको हो ।”

बिहान प्रधानमन्त्री प्रचण्डसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको थियो । 

दिउँसो ५ बजेदेखि बसेको बैठकमा लोकतान्त्रिक समाजवादी, जनमत पार्टी लगायतका नेताहरुबीच छलफल भइरहेको छ । भोलि फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार मनोनयनको मिति तय भइसकेको अवस्थामा दलहरुले राष्ट्रपतिको उम्मेदवार सो समयअघि साझा सहमति जुट्नुपर्ने बताउदै आएका छन् । राष्ट्रपतिमा माओवादी केन्द्रले राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदै आएको छ ।