प्रभु बैंक लिमिटेड र मुस्ताङ स्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली रहोटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइटर योगेश शेरचन द्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसारप्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग”  सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । 
उतm सम्झौता अन्तर्गतहोटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछभन्ने बैंकले विश्वास लिएको छ ।