पश्चिम नवलपरासीको नगरपालिकाको मझौनीस्थित दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रका निर्वाचन अधिकृत मादक पदार्थ सेवन गरी कार्यस्थलमा फेला परेपछि निर्वाचन अधिकृत श्याममणीप्रसाद मण्डल मतदान अधिकृतबाट निलम्बनमा पर्नुभएको छ ।  

शनिवार मतदान सामग्रीसहित मतदान केन्द्र बर्दघाट नगरपालिका वार्ड नम्बर १३ मझौनीस्थित दुर्गा माध्यमिक विद्यालय मतदान स्थलमा पुगेका अधिकृत मादक पदार्थ सेवन गरी कार्यशालाभित्र नै बेहोस अवस्थामा भेटिएका अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेले बताउनुभयो । 

डिभिजन बन कार्यालय नवलपरासीका सहायक बन अधिकृतको रूपमा कार्यरत अधिकृतलाई अहिले थप अनुसन्धानपछि आवश्यक कारबाहीका लागि मण्डलाई जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको जिल्ला निर्वाचन अधिकृतका कार्यालयका सहायक मतदान अधिकृत प्रेम पौडेलले बताउनुभयो । 

केन्द्राध्यक्षको जिम्मेवारी पाएका मतदान अधिकृत मण्डलले मादक पदार्थ सेवनगरी कार्यस्थलमा अभद्र गरेपछि अधिकृत मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिई प्रहरीले जिल्ला अस्पताल परासीमा चेकजाँच गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि

भएपछि अधिकृत अहिले प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ ।  

मादक पदार्थ सेवन गरेको अवस्थामा पाइएका अधिकृत निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको आरोपमा प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।