बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । बकिंगम दरवारले हिजो ढिला गरेर जारी गरेको सूचनामा महारानी एलिजावेथको बोलमोरलमा निधन भएको छ । उहाँ केही दिनदेखि चिकित्सकहरूको निगरानीमा रहनुभएको थियो ।

उहाँको निधनले बेलायती इतिहासमा सबैभन्दा लामो शासनकाल समाप्त भएको छ । उहाँ विश्वकै सबैभन्दा वृद्ध राष्ट्र प्रमुख पनि हुनुहुन्छ । उहाँले ७० वर्ष बेलायतको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

सन् १९५२ मा उहाँ बेलायतको राजगद्दीमा पुग्नुभएको थियो । अब उहाँका छोरा चार्ल्स देशको नयाँ राजा बन्नुहुनेछ । सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उहाँलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो ।