पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ८३० पीसीआर परीक्षण गर्दा ५३ र दुई हजार २३९ एन्टीजेन परीक्षण गर्दा २३जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८७ जना सङ्क्रमण मुक्त भएका छन् भने सो अवधिमा मृत्युदर शून्य रहेको छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ सय ७१ रहेक छन् ।